महोत्तरी, २९ वैशाख । महोत्तरीको गौशालामा एक जनाको शव फेला परेको छ ।

गौशाला नगरपालिका–४ विर्ताका दिलीप ठाकुरको शव फेला परेको हो । प्रहरीका अनुसार बिर्ता बस्तीकै मकै बारीमा शव फेला परेको छ । टाउकोमा चिर्पट प्रहार गरी हत्या गरिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

४५ वर्षीय ठाकुरको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ । आइतबार बिहान आफन्तको घर गएका ठाकुरको शव सोही दिन साँझ फेला परेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी जयराज सापकोटाले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जलेश्वर अस्पताल लगिएको र घट्नाबारे अनुसन्धान थालिएको सापकोटाले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.