एजेन्सी, २९ वैशाख । कोभिड १९ का कारण अर्थतन्त्रमा असर परेपछि साउदी अरबले तीन गुणाले मूल्य अभिवृद्धि कर बढाउने भएको छ ।

साउदीका अर्थमन्त्री मोहम्मद अल जदानले सोमबार यस विषयमा जानकारी गराएका हुन् ।

यसअघि ५ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउँदै आएकोमा अब १५ प्रतिशत लगाउने तयारी भएको छ । यसका लागि त्यहाँका सरकारी कर्मचारीको तलब सुविधा र खर्च वृद्धिबारे अध्ययन गरेर रिपोर्ट पेस गर्न एक समिति बनाइएको छ ।

यो समितिलाई ३० दिनको समय दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.