काठमाडौं, २९ वैशाख । सुन्दर यातायात प्रालिले भक्तपुरको जगातीमा सवारी डिसइन्फेक्सन टनेल सञ्चालनमा ल्याएको छ ।

आइतबार पूर्वमन्त्री महेश बस्नेतले यो टनेलको शुभारम्भ गरेका छन् । कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सूर्यविनायक नगरपालिका उप–प्रमुख, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख र महानगरीय प्रहरी वृत्तका कार्यालय प्रमुख साथै वडा–२ का अध्यक्षलगायतको उपस्थिति थियो ।

सुन्दर यातायातले कोरोना भाइरसको संक्रमण रोकथामका लागि काठमाडौं प्रवेश गर्ने भक्तपुरको जगातिमा करिब २ लाख ५० हजार खर्च गरी डिसइन्फेक्सन टनेल सञ्चालनमा ल्याएको प्रालिका सञ्चालक भेषबहादुर थापाले जानकारी दिए ।

प्रालीले केही दिनअघि काठमाडौं प्रवेश गर्ने नागढुंगा नाकामा पनि सवारी डिसइन्फेक्सन टनेल सञ्चालनमा ल्याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.