जनकपुरधाम, २७ वैशाख । प्रदेश २ को प्रादेशिक अस्पतालमा कोरोना बाहेक अन्य बिरामीको पनि उपचार सुरु भएको छ ।

सामाजिक विकास मन्त्रालयले शनिबार गरेको नियमित मिडिया ब्रिफिङका क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालका चिकित्सक डा. जामुनप्रसाद सिंहले अन्य बिरामीको उपचार सुरु भएको जानकारी दिएका हुन् ।

उनले शुक्रबारबाट अन्य बिरामीको उपचार सुरु भएको भन्दै पहिलो दिन एक सय १० जनाले ओपीडीबाट सेवा लिएको पनि जानकारी दिएका छन् । यसका साथै २१ बिरामीको इमरजेन्सीमा उपचार भएको जानकारी दिइएको छ ।

प्रादेशिक अस्पतालमा शुक्रबारबाटै लेभल २ कोभिड विशेष अस्पताल पनि सञ्चालनमा ल्याएको थियो । कोरोना भाइरसबाट संक्रमित बिरामीका लागि अस्पतालको नर्सिङ क्याम्पस परिसरमा ५० बेडको कोभिड विशेष अस्पताल बनाइएको छ ।

यता, जनकपुरधामकै जानकी मेडिकल कलेजले पनि कोरोना बाहेक अन्य बिरामीको उपचार सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.