रंजन भण्डारी, जलेश्वर, २ कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आइन्दा वार्ताका लागि पत्र पठाउँदा भाषा सुधार गरेर मात्र पठाउन सरकारलाई सुझाव दिएका छन् । महोत्तरीको मलिवारा भिठामोडनाकामा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा अध्यक्ष यादवले सरकारी पत्र अनुसारको जवाफ मोर्चाले पनि पठाइसकेको बताए ।
यादवले महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने कुरा अफवाह मात्र भएको प्रष्ट पार्दै जनतालाई झुठा कुरामा विश्वास नगर्न आग्रह गरेका छन् ।
जारी आन्दोलनले बाबालिकाको भविष्यमाथि खेलवाड गरेको प्रसंगमा यादवले उनीहरुको भविष्य सुनिश्चित गर्न नै आन्दोलन गरिरहेको बताएका छन् । आन्दोलनसँगै बालबालिकाको लागि पढ्न पाउने वातावरण निर्माण गरिने उनको भनाई थियो । देशको भविष्य बालबालिकाहरु पढेलेखेर साउदी, कतार, मलेसियालगायतका देश जान नपरोस र स्वदेशमै रोगजारीको ग्यारेन्टी होस् भन्ने उद्देष्यले आन्दोलन भएको र सोही क्रममा केही समस्या आएकोले साना समस्याहरुसँग संघर्ष गरी बालबालिकाको सुनौलो भविष्य निर्माण गर्न सबै लाग्नुपर्ने उनको भनाई थियो ।
यादवले अहिले हामी चुक्यौ भने बालबालिकालाई जति पढाएपनि भोली खसवादीहरुको गुलाम बन्नुपर्ने बाध्यता सृजना हुने भएकोले उनीहरुको भविष्य निर्माण गर्न घरमा भएकाहरु समेत मधेश आन्दोलनमा आउनु पर्ने उनको सुझाव थियो ।
यादवले मिडियामा भारतबाट ठूलो परिमाणमा सामानहरु आउँदै गरेको कुरा भ्रम मात्र भएको र प्रहरीले व्यापक दमन गरेको केही नाकाहरुमा पनि मोर्चा लडिरहेको बताएका छन् । उनले सरकारले आफ्ना निकटका मिडियाहरुमार्फत भ्रम फैलाएर जनतालाई झुक्याउन खोजेको भन्दै नाकाबन्दी हटेको भए काठमाडौंमा पाँच देखि दश किलोमिटरसम्म पेट्रोलको लाईन किन लागेको भनेर प्रतिप्रश्न गरे ।




Bhabishya lai maddhey najer rakhi jati pani dukh kast bhaye ta pani madesh andolan agadi badaunu perd6.khas badi shashak haru ley bherm ko kheti garer madeshi haru lai daman gari raheka 6n.Madeshi youa haru ko bhabishya tatha rojgar ko gyarenty hunu perd6.