
काठमाडौं, २७ वैशाख । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चीनबाट स्वास्थ्य सामग्रीहरू नेपाल ल्याइएको छ ।
छोङछिङजियाङबे अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वास्थ्य सामग्री बोकेर आएको हिमालयको कार्गो जहाज शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
जहाजले चिकित्सा उपकरण, परीक्षण किट, पीपीइ, मास्क र पञ्जालगायत अन्य सामग्री ल्याएको एयरलाइन्सले जनाएको छ । यी स्वास्थ्य सामग्री चीन सरकारले नेपाल सरकारलाई सहयोग गरेको हो । जहाजबाट ६ हजार ८ सय ९२ केजी स्वास्थ्य सामग्री ल्याइएको विमानस्थलले जनाएको छ ।
विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान आजै त्यसतर्फ जान लागेको बताए । विमान नेपाली सेनाले चार्टर्ड गरेको हो । त्यसैगरी हिमालय एयरलाइन्सको न्यारोबडी जहाज पनि आजै छोङछिङ उड्नेछ ।



