
काठमाडौं, २७ वैशाख । कोरोना भाइरसका कारण साउदी अरबमा २ सय २९ जनाको मृत्यु भएको छ ।
खाडीका ६ देशमध्ये साउदीमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । साउदीमा २ सय २९ जनाको मृत्युभएको छ भने ३५ हजार ४ सय ३२ जना संक्रमित रहेका छन् । खाडीका ६ मुलुकमा कोरोना भाइरसले ४ सय ८६ जनाको मृत्यु भएको छ भने ८७ हजार १ सय ९० जना संक्रमित रहेका छन् ।
त्यस्तै यूएईमा १ सय ७४ जनाको मृत्यु भएको छ भने १६ हजार ७ सय ९३ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ४७ जनाको मृत्यु भएको छ भने ७ हजार २ सय ८ जना संक्रमित रहेका छन् ।
त्यसैगरी ओमानमा १६ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय १२ जना संक्रमित रहेका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा १२ जनाको मृत्यु भएको छ भने २० हजार २ सय १ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको संक्रमणले बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ ४ हजार ४ सय ४४ जना संक्रमित भएका छन् ।



