
कपिलवस्तु, २६ वैशाख । बिहीवार कपिलवस्तुमा भेटिएका १६ वर्षीय र २२ वर्षीय कोरोना संक्रमित पुरुष भारतबाट आएको खुलेको छ ।
उनीहरू मायादेवी गाउँपालिकामा फेला परेका दुई कोरोना संक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा पठाइएको छ । मुम्बईबाट आउँदै गरेको जानकारी पाएपछि स्थानीयवासीले गाउँमा प्रवेश गर्न नदिने गरी बाटामै रोकेर क्वारेन्टाइनमा पठाएको वडा नं २ का वडाध्यक्ष सफरुद्दिन मुसलमानले जानकारी दिए ।
गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका ६५ जनाको स्वाब परीक्षण गर्दा बिहीवार दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । भारतको महाराष्ट्रस्थित मुम्बईबाट आएका उनीहरू दुबै तीर्थादेवी छत्रपाली माध्यमिक विद्यालय पकडीमा निर्माण गरिएको क्वारेण्टाइनमा बसेका थिए ।
गाउँलेले मुम्बईबाट आउँदैछन् भनेर जानकारी दिएपछि नै आफूले उनीहरूलाई गाउँ पस्न रोक लगाएर राति १ बजेतिर क्वारेण्टाइनमा पु¥याएको वडाध्यक्ष मुसलमानले बताए ।
उनीहरुलाई राति बाटैमै खाना खान दिएर घर प्रवेश गर्न नदिई क्वारेन्टाइन पु¥याइएको थियो । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं २ अभिरावका संक्रमित दुबै दाजुभाइ रहेको गाउँपालिकाले जनाएको छ ।
अहिले दुबैलाई कोरोना विशेष अस्पतालमा पु¥याइएको छ । ती मजदुर सीमानाका चाकडचौडाबाट सुरक्षाकर्मीलाई छलेर नेपाल प्रवेश गरेका थिए ।



