विराटगर, २६ बैशाख । प्रदेश १ को विराटनगस्थित कोशी अञ्चल अस्पतालमा कोरोना उपचार गराइरहेका आठ जना आज डिस्चार्ज हुने भएका छन् ।

दोस्रो पटक आरटी पीसीआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गर्न लागिएको छ । गत बुधबारसमेत यस अस्पतालबाट ६ कोरोना संक्रमित डिस्चार्ज भएका थिए ।

उनीहरू सबै भारतीय नागरिक थिए । अहिले यो अस्पतालमा २५ जना कोरोना संक्रमित रहेका छन् । उदयपुरमा बस्दै आएका उनीहरूको स्वाब परीक्षणका क्रममा कोरोना भाइरस पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.