
भारत, २६ वैशाख । महाराष्ट्रको औरंगावादमा मालवाहक रेलले कुल्चेर १६ जनाको मृत्यु भएको छ ।
मृतकहरू सबै मजदुर रहेको र उनीहरू आफ्नो घर मध्य प्रदेश फर्किरहेको समयमा दुर्घटना हुन पुगेको भारतीय सञ्चार माध्ययमले जनाएका छन् । शुक्रबार बिहान मजदुरहरू रेलवे ट्रयाकमा सुतिरहेका बेला यो घटना हुन पुगेको जनाइएको छ ।
रेलवे ट्रयाकमा सुतिरहेका मजदुरलाई देखेर रेल चालकले रेल रोक्ने प्रयास गरे पनि जोगाउन नसकेको भारतीय रेल मन्त्रालयका जनाएको छ । समाचारमा जनाइए अनुसार घटना आज विहान सवा ५ बजे भएको हो ।

भारतमा जारी लकडाउनका कारण हजारौ मजदुर हिडेरै आफ्नो घर फर्किने क्रम अझै रोकिएको छैन् । लकडाउनकै कारण रेल सेवासमेत बन्द रहेकाले उनीहरू रेलकै ट्रयाकमा सुतेको अनुमान गरिएको छ ।



