
रौतहट, २५ वैशाख । रौतहटको फतुवामा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । फतुवा विजयपुर–४ का ५२ वर्षीय टेकबहादुर चौधरी आफ्नै सहयोगी १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
एक बालिकाले लिखित उजुरी दिएपछि मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी दिए ।
जबर्जस्ती करणी मुद्दाको अनुसन्धानका लागि जिल्ला अदालत गौरले सात दिनको म्याद दिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । चौधरी इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ परीक्षणसमेत भइसकेको इलाका प्रहरी कार्यालय विजयपुरले जानकारी दिएको छ । पीडित बालिकामा केही महिनाको गर्भसमेत रहेको स्वास्थ्य परीक्षणबाट जानकारी आएको प्रहरीले जनाएको छ ।



