
काठमाडौं, २५ वैशाख । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ६५ हजार ५१ पुगेको छ ।
विश्वका २ सय १२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट ३८ लाख २१ हजार ९ सय १७ जना संक्रमित छन् ।
संक्रमितमध्ये १३ लाख १ हजार ७ सय २५ जना उपचारपछि घर फर्किएका छन् । २२ लाख ५५ हजार १ सय ४१ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४८ हजार २ सय ११ जनाको अवस्था गम्भीर छ ।
सबैभन्दा बढी संक्रमण भएको मुलुक अमेरिकामा ७४ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ५ सय २८ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ७४ हजार ७ सय ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार ४ सय ५९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख ६३ हजार ९२ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणले अमेरिकापछि बेलायतमा धेरै मानिसको मृत्यु भएको छ । बेलायतमा ज्यान गुमाउनेको संख्या ३० हजार ७६ पुगेको छ । इटालीमा मृतकको संख्या २९ मृत्यु हुनेको संख्या २५ हजार ८ सय ९ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ७ सय नाघेको छ । त्यहाँ एकै दिन ८२ जनाले ज्यान गुमाएका छन्सँ । योसँगै मृतकको संख्या १ हजार ७ सय ८५ पुगेको हो । भारतमा एकैदिन थप ३ हजार ५ सय ८७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ ।



