काठमाडौं, २४ वैशाख । नेपालमा थप १७ जनामा कोरोनाको संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

बुधबार पर्साका १७ जनामा संक्रमण पोजेटिभ देखिएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित मिडिया ब्रिफिङका क्रममा राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमूनामध्ये १७ वटा पोजेटिभ देखिएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण देखिएको छ । जसमा १० पुरुष र ७ छन् । यसैगरी बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका तीन जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ । उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

मन्त्रालयका अनुसार कोशी अस्पतालमा उपचाररत ६ जना निको भएर घर फर्किएका छन् । अहिले उपत्यकामा ७ र बाहिर १ सय २९ गरी १ सय ३६ जना संकास्पद व्यक्ति आइसोलेसनमा उपचाररत रहेका छन् । देशभरी १९ हजार ७ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.