पर्सा, २४ वैशाख । पर्साको पोखरीया नगरपालिका कार्यालयमा आगलागी भएको छ । बुधबार मध्यान्न १२ बजेतिर कार्यालयको सभाहलमा आगलागी भएको हो ।

आलागीबाट करिब १० लाख मूल्य बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ । सभाहलमा राखिएको ब्याट्री सर्ट भएर आगलागी भएको हुन सक्ने उपप्रमुख सलमा खातुनले जानकारी दिइन् ।

नगरपालिकाकै दमकलको सहायताले स्थानीय र सुरक्षाकर्मी मिलेर आगलागी नियन्त्रणमा लिइएको खातुनले बताइन् । आगलागीबाट ब्याट्री ९ थान, इन्भर्टर, एसीमा क्षति पुगेको छ ।

झ्यालका सिसाहरू समेत फुटेका छन् । क्षतिको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.