काठमाडौं, २४ वैशाख । कोरोना भाइरसको संकटपछि साउदी अरबका रोजगारदाताहरूले श्रमिकको ४० प्रतिशत तलव कटौती गर्ने भएका छन् ।

साउदी अरब सरकारले निजी क्षेत्रका कम्पनीहरूलाई कामदारको तलब ४० प्रतिशतसम्म कटौती गर्न अनुमति दिएसँगै हजारौं नेपाली पनि मर्कामा पर्ने भएका छन् ।

साउदी अरबको प्रमुख पत्रिका अशराक अल अवसातका अनुसार आर्थिक संकट बढ्दै गए कामदार कटौतीको नीति पनि अवलम्बन गर्न सरकारले अनुमति दिएको छ ।

कोरोना भाइरसको महामारी जारी रहे तलब कटौती गरेको ६ महिनापछि कम्पनीहरूले कर्मचारीको सम्झौता रद्द गर्न सक्ने पनि स्वीकृति दिइएको छ ।

तलब कटौतीको निर्णय लागू गरिएको ६ महिना पूरा भएको, कामदारले पाउने सबै बिदा सकिसकेको तथा कोरोनाभाइरसको महामारीका कारण आर्थिक संकटको सामना गरिरहेको प्रमाणित भएमा रोजगारदाता कम्पनीले कामदार कटौती गर्न सक्नेछन् ।

साउदी सरकारको अनुमतीसँगै त्यहाँ कार्यरत करिब ४ लाख नेपालीहरू पनि मर्कामा पर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.