
एजेन्सी, २४ वैशाख । इजरायलले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सक्रमणविरुद्धको भ्याक्सिन तयार पारेको दाबी गरेको छ ।
इजरायलका रक्षामन्त्री नेफ्टली बेनेटले कारोनाभाइरसको भ्याक्सिन तयार गरेको दाबी गरेका हुन् । उनका अनुसार इजरायल इन्टिच्यूट फर बायोलोजिकल रिसर्च (आईआईबीआर) ले भ्याक्सिन तयार गर्नमा सफलता हासिल गरेको छ ।
बेनेट सोमबार इन्टिच्यूट पूगेका थिए । रक्षामन्त्री बेनेटले आईआईबीआरका शोधकर्ताले कोरोनाको एन्टिबडी विकसित गरेको बताए ।
यो एन्टिबडी मोनोक्लोनल तरिकाबाट भाइरसमाथि हमला गर्ने र त्यसलाई शरीरभित्रै मार्नमा सक्षम हुने भन्दै भ्याक्सिन विकासको चरण अब पूरा भएको उनले बताए । बेनेटले भने, ‘एन्टिबडी फर्मूलाको पेटेन्ट गरिँदैछ ।
यसपछि अन्तर्राष्ट्रिय कम्पनीसँग व्यवसायिक स्तरमा यसको उत्पादनको लागि सम्पर्क गरिनेछ । हामीलाई यो सफलताको लागि इन्टिच्यूटका कर्मचारीप्रति गर्व छ ।’ तर उनले यो भ्याक्सिनको परीक्षण मानवमा भयो कि भएन भनेर स्पष्ट पारेका छैनन् ।



