मोरङ, २४ वैशाख । उदयपुरमा फेला परेका कोरोना संक्रमित ६ जना कोरोनामुक्त भएका छन् । कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका उनीहरू डिस्चार्ज भएका छन् ।

पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरूलाई आज डिस्चार्ज गरिएको हो । अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरूलाई बिदाइ गरे ।

निको भएकाहरूमा पनि पुनः संक्रमण देखिने सम्भावना रहेकाले उनीहरूलाई विराटनगर–१४ को रानी मर्कजमा राखिने कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संगीता मिश्रले बताइन् ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये ६ जना निको भएर डिस्चार्ज भएका हुन् । उनीहरूलाई फूलका गुच्छा दिएर बिदाइ गरिएको छ । उदयपुरमा २८ जना संक्रमित फेला परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.