एजेन्सी, २३ वैशाख । भारतमा रक्सीमा ७० प्रतिशतसम्म कर लगाइएको छ ।

यद्यपि, रक्सी पसलमा किन्ने मानिसको ठूलो भीड लागेको छ । करिब ४० दिनपछि रक्सी पसल खुल्दा किन्नेहरूको भीड लागेको हो । खरिदकर्ताहरूले भौतिक दूरी कायम नगर्दा नयाँदिल्लीका रक्सी पसलमा भीड नियन्त्रण गर्न प्रहरीले लाठी प्रहार नै गर्नुपरेको छ ।

रक्सी किन्नेहरूको भीड लागेपछि दिल्ली सरकारले मंगलबारदेखि रक्सीको खुद्रा मूल्यमा ७० प्रतिशतसम्म कोरोना शुल्क तिर्नु पर्ने नयाँ नियम लागू गरेको हो । मार्च २५ देखि देशव्यापी लकडाउनमा रहेको भारतमा तेस्रो पटक थपिएको लकडाउन मे १७ सम्म जारी छ ।

लकडाउन गरेपनि भारतमा कोरोना संक्रमितको संख्या निकै बढ्दैछ । मंगलबारसम्म भारतमा ४६ हजार ४ सयभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ भने १ हजार ५ सय ७१ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.