भारत, २३ वैशाख । भारतको ओडिशास्थित क्वारेन्टाइनमा ‘टिकटक’ भिडियो बनाउने ७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण भारतको ‘रेड जोन’ मा परेको ओडिशाको भद्रक जिल्लाको तिहाडीको क्वारेन्टाइनमा रहेका सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

उनीहरूले व्यक्तिगत दुरी र सामाजिक प्रतिबन्ध नियमको उल्लङ्घन गर्दै टिकटक भिडियो बनाएका थिए ।

स्थानीय सरपन्च स्वर्णमयी सेनाले उनीहरूविरुद्ध मुद्दा दर्ता गरेका हुन् । उनीहरूले क्वारेन्टाइन सेन्टरभित्र बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा ती सात जना नाचेको र रमाइलो गरेको देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.