काठमाडौं, २३ वैशाख । कोरोना भाइरसको संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ३ सय ६४ पुगेको छ ।

विश्वका २ सय १२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट ३६ लाख ४४ हजार ७९५ जना संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ९४ हजार ८ सय ३५ जना उपचारपछि घर फर्किएका छन् । २१ लाख ९७ हजार ५ सय ९६ जनाको उपचार भइरहेको छ । जसमध्ये ४९ हजार ६ सय ३५ जनाको अवस्था गम्भीर छ ।

सबैभन्दा बढी अमेरिकामा १२ लाख १२ हजार ८ सय ३५ जना संक्रमित भएका छन् । कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ७ सय ९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २३ हजार ७ सय १७ जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ८७ हजार २५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ५५ हजार १ सय ५ जनामध्ये १६ हजार ४३ जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ४८ हजार ३ सय १ जना संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १ सय ६४ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ७९ जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या २५ हजार ४ सय २८ पुगेको छ । त्यस्तै, १ लाख ५१ हजार ६ सय ३३ जना उपचारपछि निको भएका छन् । ७१ हजार २ सय ४० जना उपचाररत छन् । त्यसमध्ये २ हजार २ सय ५४ जनाको अवस्था गम्भीर रहेको छ ।

इटालीमा मृतकको संख्या २९ हजार ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २ सय २१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ९ सय ३८ पुगेको छ । इटालीमा संक्रमितमध्ये ८२ हजार ८ सय ७९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९९ हजार ९ सय ८० जनामध्ये १ हजार ४ सय ७९ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.