कैलाली, २२ वैशाख । कैलालीमा प्रिन्सिपलको हत्या भएको भन्दै विद्यार्थी तथा स्थानीयबासीले ¥याली निकालेका छन् ।

एनप्याब्सनका केन्द्रीय उपाध्यक्षसमेत रहेका कैलालीको बिहानी क्षीतिज विद्यालयका सञ्चालक तथा प्रिन्सिपल कृष्णप्रसाद भुसालको हत्या भएको भन्दै दवाब ¥याली निकालिएको छ । विद्यार्थीका साथै स्थानीयबासीले गौरीगंगा नगरपालिकाको वडा नम्बर ९ मसुरिया, वडा नम्बर ८ बढैपुर र वडा नम्बर ४ राजिपुर बजारमा बिरोध ¥याली निकालेका हुन् ।

भुषाल मृत भेटिएको १२ दिन हुँदा पनि प्रहरीले अनुसन्धान पूर्ण नगरेको उनीहरूले आरोप लागएका छन् । सामाजिक दूरी कायम गरी उनीहरू ¥यालीमा सहभागी भएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीले भने घटनाको बारेमा छानबिन भइरहेको जनाएको छ ।

भुषाल पूर्व–पश्चिम महेन्द्र राजमार्गको आमखैयामा बैशाख ११ गते मृतावस्थामा फेला परेका थिए । आइतबार पनि मसुरिया क्षेत्रमा ¥याली निकालिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.