
काठमाडौं, २० वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक वैशाख २५ गते बस्ने भएको छ ।
शनिवार साँझ बसेको सचिवालय बैठकले आगामी वैशाख २५ गते ११ बजे काठमाडौंमा स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको हो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा शीर्ष नेताहरूले आत्मलोचना गरेको बताएका छन् ।
प्रधानमन्त्री केपीशर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललगायत नेताले आफ्नो पक्षबाट भएको कमजोरीमा आत्मलोचना गरेको श्रेष्ठले बताए । सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सचिवालय बैठक अगाडि नै गौतमलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव प्रधानमन्त्रीले राखेका थिए ।



