हुलाकी न्यूज, रौतहट, २ कार्तिक । जारी बन्द र नाकाबन्दीको मौका छोपी तस्करी तथा कालोबजारी गर्ने व्यक्ति र समूहमाथि मधेशी मोर्चाले निगरानी बढाएको छ । सोमबार रौतहटको पचरुखी/छतौनी गाविसमा लुकाएर चन्द्रनिगाहपुर पुर्याउन लागिएको पेट्रोल र डिजेलमा मधेशी मोर्चाका कार्यकर्ताहरुले आगो लगाईदिएका छन् ।
चन्द्रनिगाहपुर लैजान लागिएको पेट्रोल र डिजेलको ५ सय वटा ड्रममा मोर्चाका कार्यकर्ताहरुले आगो लगाएका छन् ।



