
सप्तरी । हेल्प देम फाउण्डेशनले गरिब तथा अतिविपन्न परिवारलाई मास्क, साबुन र सेनिटाइजर वितरण गरेको छ ।
फाउण्डेशनले सप्तरीको राजगढ नगरपालिकाको ६ वटै वार्डका तीन सय गरिब तथा अतिविपन्न परिवारलाई मास्क, साबुन, सेनिटाइजर वितरण गरेको हो ।
विवेक कुमार झाको नेतृत्वमा फाउण्डेशनका सदस्यहरु नविन कुमार झा, कृष्णदेव यादव लगायतले पाँच सय पिस मास्क, सेनिटाइजर दुई सय पिस र साबुन एक हजार पिस वितरण गरिएको छ ।



