अछाम, १९ वैशाख । अछाममा आइसोलेशन वार्डमा उपचार गराइरहेकी एक महिलाको मृत्यु भएको छ । जिल्ला अस्पतालको आइसोलेसन वार्डमा उपचाररत मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विकको मृत्यु भएको हो ।

एकाएक उच्च ज्वरो आएपछि ती महिलालाई यही वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताए ।

उनले भने, ‘उच्च ज्वरो आएपछि उहाँलाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरेका थियौँ, उहाँको कोरोनाको आरडिटी परीक्षणको रिपोर्ट नेगेटिभ छ, मृत्यु भएकोे कारणबारे थप बुझदैछौँ ।’ मृत्यु भएकी महिलाको कोरोना भाइरसको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी सुर्खेत पठाइएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.