काठमाडौं, १८ वैशाख । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

आफूलाई अपहरण गरेको भन्दै उनले नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध आयोगमा उजुरी दिएका हुन् । बिहीबार आयोग कार्यालय पुगेका डा. यादवले सदस्य प्रकाश वस्ती र मोहन अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका छन् ।

उजुरीपत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले भनेजस्तो अपहरण भएको हो कि होइन भन्नेबारे अनुसन्धान गर्ने बताए । महोत्तरीस्थित घरमै रहेको अवस्थामा नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले डर त्रास देखाएर वैशाख १० गते काठमाडौं ल्याएको सांसद् यादवको आरोप छ ।

यसअघि उनीसहित जनता समाजवादी पार्टीका नेताहरू अपहरणको उजुरी दिन महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पुगा थिए । तर दुवै निकायले डा. यादवको उजुरी लिन अस्वीकार गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.