डोटी, १८ वैशाख । डोटीको केआइसिंह गाउँपालिकामा वडाअध्यक्षमाथि हातपात भएको छ ।
राहत वितरणमा पक्षपात भएको भन्दै केआइसिंह गाउँपालिका–४ का वडाध्यक्ष जयलाल धामीलाई स्थानीयवासीले हातपात गरेका छन् ।
धामीलाई कुटपिटका साथै वडा कार्यालयमा तालाबन्दी गरिएको छ । राहत वितरण कार्यक्रममा पक्षपातपूर्ण व्यवहार भएको भन्दै स्थानीय हातपात गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कर्ण बोहराले जानकारी दिए ।
यसबारे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले वडाअध्यक्षले राहत वितरण गरिरहेका बेला केही व्यक्तिले महातपातसहित कुटपिट गरेको जनाएका छन् ।



