भारत, १७ वैशाख । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो ।

उनी दुई वर्षदेखि क्यान्सरको उपचार गराइहेका थिए । खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो । उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन् ।

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए । उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो । गत शनिबार उनकी आमाको निधन भएको थियो ।

खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए । बलिउड मात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वल्र्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लगबस्टर सिनेमामा काम गरेका थिए ।

खानले टेलिश्रृंखला चन्द्रकान्तामा ‘बद्रीनाथ र सोमनाथ’ को भूमिका निर्वाह गरेका थिए । यो टेलिश्रृंखलासँगे चर्चा पाएका खान बलिउडमा सशक्त अभिनयबाट प्रसिद्धि पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.