काठमाडौं, २ कार्तिक । एमाले सांसद राज्यलक्ष्मी गोल्छाले पार्टी निर्देशन अवज्ञा गर्दै पदबाट राजीनामा नदिने भएकी छन् ।

एमालेले प्रधानमन्त्री निर्वाचनका बेला केपी ओलीलाई मत नदिएको भन्दै गोल्छाको राजीनामा माग्ने निर्णय गरेको थियो ।

गोल्छाले सञ्चार माध्यममार्फत हल्ला सुनेको तर आधिकारिक जानकारी नरहेको बताइन् ।

आफूलाई राजीनामा माग्नुको कारणबारे पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग कुरा गरेर मात्र के गर्ने निर्णय लिने उल्लेख गरिन् ।

‘पार्टीले सभासदबाट हटाउन आग्रह गरेकोबारे आधिकारिक जानकारी आएको छैन’, गोल्छाले भनिन्, ‘एकपटक प्रधानमन्त्रीसँग भेटेर किन हटाउनुभएको हो भन्ने कारण माग्छु ।’

उनले आफू बिरामी भएका कारण प्रधानमन्त्री निर्वाचनमा सहभागी हुन नपाएको जिकिर गरिन् । आफ्नो स्वास्थ्य राम्रो नभएका विषयमा एमाले नेतृत्व जानकार रहे पनि राजीनामा माग्ने निर्णयले आफू चकित परेको उनको भनाइ थियो ।

आफू ब्लड प्रेसर, मुटु र सुगरको बिरामी रहेको र भारतमा फ्लोअप चेकअपका लागि गएका बेला प्रधानमन्त्री निर्वाचन भएको उनले जनाइन् ।

गोल्छालाई एमालेले मधेशी कोटाबाट सभासद बनाएको थियो । एमालेलाई चन्दाको रुपमा ठूलो रकम दिएबापत उनलाई सभासद बनाइएको थियो ।

काठमाडौं टुडेबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.