हुलाकी न्यूज, काठमाडौं, १ कार्तिक । एमालेले मधेशी कोटामा सभासद बनाएको राज्यलक्ष्मी गोल्छालाई पदबाट राजीनामा दिन निर्देशन दिएको छ । पार्टीको तर्फबाट समानुपातिक सभासद् बनेकी राज्यलक्ष्मी गोल्छालाई राजीनामा दिन एमालेले आईतबार निर्देशन दिएको हो ।
आईतबार बसेको एमाले केन्द्रिय कमिटिको बैठकले गोल्छालाई राजीनामा दिन लगाउने निर्णय गरेको सचिव गोकर्ण विष्टले बताएका छन् ।
प्रधानमन्त्री चुनावमा अनुपस्थित भएको भन्दै उनलाई राजीनामा दिन निर्देशन दिइएको सचिव विष्टले जनाए । उनी असोज २४ गते भएको प्रधानमन्त्री निर्वाचनमा अनुपस्थित थिइन् । त्यस्तै, असोज ३ गते संविधान जारी गर्ने दिन पनि संविधानसभामा उनी अनुपस्थित थिइन् ।



