महोत्तरी, १३ वैशाख । महोत्तरीको बर्दिबासमा बस दुर्घटना हुँदा एक जनाको मृत्युभएको छ ।
बर्दिबास नगरपालिका–३ स्थित पाटुमा बस दुर्घटना सहचालक दोलखाको तामाकोशी–२ का बाबुराम विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बा ३ ख ४०३६ नम्बरको बस गएराति काठमाडौंबाट उदयपुर जाने क्रममा दुर्घटना भएको हो ।
उदयपुरको चौडण्डी नगरपालिकाले लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका ३५ जनालाई जिल्ला लैजाने व्यवस्था गरेको थियो । बसका चालक फरार भएको प्रहरीले जनाएको छ ।



