एजेन्सी, १२ वैशाख । भारतमा कोरोना भाइरस संक्रमण तीब्र भएको छ । कोरोना संक्रमणको दर फैलिँदै जाँदा मृत्यु हुनेको संख्या पनि त्यही अनुसार बढ्दैछ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६ सय ६९ नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना संक्रमितको संख्या २३ हजार ३९ पुगेको वल्र्डोमिटर्सले जनाएको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या सात सय २१ पुगेको छ । बिहीबार मात्र कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको तथ्यांक छ । मृत्यु हुने र संक्रमितकोे संख्या अघिल्लो दिनको तुलनामा बढी हो । त्यहाँ बुधबार कोरोनाबाट ३६ जनाको मृत्यु भएको थियो भने १२ सय ९० नयाँ संक्रमित फेला परेका थिए ।

भारतमा कुल संक्रमितमध्ये ५ हजार १२ जना भने पूर्णरुपमा निको भइसकेका छन् । हाल १७ हजार ३०६ जना संक्रमित उपचाररत रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.