अछाम, १० वैशाख । अछामको वान्नीगढी गाँउपालिका वडा नम्बर ३ बस्ने २० वर्षीया युवतीको आरडीटी परीक्षण गर्दा पोजिटिभ नतिजा आएको छ ।

वान्नीगढी गाँउपालिका वडा नम्बर ३ मा स्थापना गरिएको क्वारेन्टाइनमा बसेका ६ जनाको आरडीटी परीक्षण गर्दा ती युवतीको रिपोर्ट पोजिटिभ आएको हो ।

ती युवती काठमाडौँबाट आएको र अन्य ५ जना आफ्नो डडेल्धुरा बसेको परिवारलाई भेटी अछाम आएको वान्नीगढी गाउँपालिकाका अध्यक्ष राजेन्द्र खडकाले जानकारी दिए ।

अहिले ६ जनालाई नै वयलपाटा अस्पतालमा पठाएको र सबैको स्वाव संकलन गरी धनगढीको पीसीआर मेसिनमा चेक गर्न पठाइन थालेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.