कपिलवस्तु, ९ वैशाख । कपिलवस्तुको वाणगंगामा बालिकामाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

वाणगंगा नगरपालिका वडा नं. ४ मा बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार ४५ वर्षीय र १७ वर्षीय युवकलाई पक्राउ गरेको हो । ती दुबै छिमेकी हुन् ।

अभियुक्तको नाम प्रहरीले गोप्य राखेको छ । प्रलोभनमा पारेर पाँच वर्षदेखि बालिकामाथि बलात्कार भएको पीडित परिवारले जनाएको छ ।

स्थानीयवासीले लकडाउन भए पनि घर बाहिर आएर न्यायका लागि आवाज उठाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.