
काठमाडौं, १० वैशाख । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा रहेका दुई नर्सको पीसीआरबाट गरिएको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुबै नर्सको कोराना नेगेटिभ आएको शुक्रराज अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिए ।
केन्द्रीय कारागारमा कार्यरत दुबै नर्सको मंगलबार ¥यापिड डाइग्नोष्टिक टेस्ट आरडीटीका क्रममा कोरोना संक्रमण देखिएको थियो ।
आरडीटीमा कोरोना संक्रमणको संकेत देखिएपछि उनीहरूलाई शुक्रराज अस्पताल भर्ना गरी थ्रोड स्वाबको नमूना संकलन गरी मंगलबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।



