हुलाकी न्यूज, काठमाडौं, १ कार्तिक । बेलायतको सांसदमा डा. सीके राउतको मानवअधिकारका सम्बन्धमा प्रश्न उठाइएको छ । बेलायती सांसदमा नेपालमा स्वतन्त्र मधेशका अभियन्ता डा. राउतको पक्राउका सम्बन्धमा बेलायती राज्यमन्त्रीलाई प्रश्न सोधिएको छ ।
सांसदमा बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायरलाई डा. राउतको पक्राउका बारेमा नेपाल सरकारसँग छलफल गरिएको बारे प्रश्न सोधिएको थियो । जवाफमा बेलायती विदेश राज्यमन्त्री स्वायरले बेलायतले डा. राउतको मुद्दालाई हेरिरहेको र उनको मानवअधिकारको रक्षाका लागि नेपाल सरकार तथा राजनीतिक दलहरुसँग छलफल गरेको बताएका थिए ।
उनले नेपालको नयाँ संविधान बमोजिम डा. राउतको अभिव्यक्ति स्वतन्त्रतालगायतका मानवअधिकारको संरक्षणका लागि अपिल गरिएको पनि जनाएका थिए ।




अब मधेश का अपना संविधान बनाने का समय आ गया है
Aare CK raut ko toh madeshi janta ne hi goli marega
मधेसके आन्दोलन के बारे मे और मधेस के मुद्दा के बारे मे बिदेश मे स्पष्ट रुप मे जानकारी कराबे के हो तै बिदेशी दबाब भि और देश मे आन्दोलन जारी रखबै चाहि