भारत, ९ वैशाख । भारतको मुम्बईमा ५३ पत्रकारमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशनले एक सय ६७ पत्रकारहरूमा गरेको परीक्षणमा ५३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ पाइएको हो । संक्रमित पाइएकामध्ये अधिकांश टेलिभिजनमा काम गर्ने पत्रकार छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका लुभ अग्रवालले सबै पत्रकारहरूलाई आफ्नो काम गर्दा सुरक्षाको सबै प्रबन्ध गर्न आग्रह गरेका छन् । उनले पत्रकारहरूलाई कोरोना भाइरसको संक्रमण देखिनुलाई दुर्भाग्य रहेको बताएका छन् ।

उनले परीक्षण गर्नुपर्ने सबै पत्रकारको कोरोना भाइरस परीक्षण हुनुपर्ने बताए । परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएका अधिकांश पत्रकारहरूमा कुनै पनि लक्षण देखिएको थिएन ।

मुम्बई प्रेस क्लबका प्रमुद गुरुवीर सिंहले आफूहरूले पत्रकारलाई सकेसम्म फिल्डमा नजाने व्यवस्था मिलाउन प्रयास गरिरहेको बताए । यसअघि भारतको चेन्नईमा पनि दुई पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

गत मार्चमा मध्यप्रदेशको भोपालमा पनि एक पत्रकारलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.