
एजेन्सी, ९ वैशाख । भारतमा कोरोना भाइरस रोकथामका लागि लगाएको राष्ट्रव्यापी लकडाउन केही खुकुलो पारिएको छ ।
खाद्यान्न अभावबाट बच्नका लागि केही क्षेत्रलाई पुनः संचालन गर्ने अनुमति दिइएको हो । कृषि व्यवसाय, खेतीपाती र माछा पालनमा लगाइएका प्रतिबन्धहरू खुकुलो हुनेछन् ।
बाली काट्ने र दैनिक मजदुरी क्षेत्रहरूमा काम गर्नेहरूलाई पुनः काममा लाग्न सरकारले अनुमति दिएको छ । त्यस्तै, दैनिक ज्यालादारी गर्ने हजारौं मानिसहरूको आयको श्रोत मानिएको सडक र पानीको लाइन निर्माण जस्ता महत्वपूर्ण सार्वजनिक काम सामाजिक दूरी अन्तर्गत रहेर काम गर्न अनुमति दिइएको छ ।
बैंक, एटीएम, अस्पताल, क्लिनिक, फार्मेसी र सरकारी कार्यालय खुला रहनेछन् भने प्लम्बर, इलेक्ट्रीसियन र सिकर्मीहरूलाई समेत काम गर्ने अनुमति दिएको छ ।



