
हुलाकी न्यूज काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
सरकारले ल्याएको संवैधानिक परिषद् र दल सम्बन्धी अध्यादेशका विषयमा धारणा बनाउन कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो।
नेता कृष्णप्रसाद सिटौलाका अनुसार मंगलबार विहान ९ बजे कांग्रेसको पदाधिकारी बैठक बस्नेछ।
पदाधिकारी बैठक पछि मात्र कांग्रेसले अध्यादेशहरुको विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने उनले जनाए।



