हुलाकी न्यूज, काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) एक ढिक्का रहेको र कुनै पनि हालतमा विभाजन नहुने अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रतिक्रिया दिएका छन्।

दल विभाजन सम्बन्धी व्यवस्था खुकुलो पार्न ल्याइएको विधेयकका विषयमा हुलाकी न्यूजसँग कुराकानी गर्दै महतोले भने,‘हामी फुट्दैनौं। अब हामी जुट्छौं। राजपा र समाजवादी पार्टीबीच एकता भएर अगाडि बढ्छौं।’

राजपाभित्र कुनै पनि विवाद नरहेको स्पष्ट पार्दै महतोले भने,‘हामी बैकल्पिक शक्ति निर्माणमा थियौं र अहिले पनि छौं। हामी देशकै बैकल्पिक शक्ति बनाउँछौं।’

राजपा र समाजवादीलाई कमजोर पार्ने षड्यन्त्र भएको दाबी महतोले गरे।

उनले देशमा लोकतन्त्र समाप्त पार्न षड्यन्त्र भएको बताए।

संवैधानिक परिषद्मा विपक्षीको भूमिका कमजोर बनाएर बहुदलीय व्यवस्थालाई समाप्त पार्न खोजिएको आरोप महतोले लगाए।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.