हुलाकी न्यूज, काठमाडौं : समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी विभाजन नहुने दाबी गरेका छन्।

सरकारले दल विभाजन गर्न सहज बनाउने अध्यादेश ल्याएपछि यादवको उक्त प्रतिक्रिया आएको हो।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र समाजवादी र राजपालाई विभाजन गर्न अध्यादेश आएको चर्चा रहेको छ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै अध्यक्ष यादवले भने,‘सरकारले ल्याएको अध्यादेशले हाम्रो पार्टी विभाजन हुँदैन। उनीहरुले कुनै मनसाय राखेरै अध्यादेश ल्याएको हो। तर, त्यो समाजवादी पार्टीमा लागु हुने छैन।’

कोरोना महामारीका बेला लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्रमा सरकार लागेको प्रतिक्रिया उनले दिए।

देशलाई तानाशाही व्यवस्थातिर लग्न खोजिएको यादवले आरोप लगाए।

कुनै राजनीतिक दल विभाजन हुन चाहेमा केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत समर्थन पु¥याउनु पर्ने अध्यादेश सरकारले ल्याएको छ। जो राष्ट्रपतिबाट जारीसमेत भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.