हुलाकी न्यूज, काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चौथो स्थापना दिवस मनाउँदैछ।

राजपा गठन भएको तीन वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको भन्दै चौथो स्थापना दिवस मनाइ रहेको छ। तर, कतिपय नेताहरुले तेस्रो स्थापना दिवस भनेर सम्बोधन गरेका छन्।

कोरोना भाइरस (कोभिड–१९)का कारण देश लकडाउनमा रहेको अवस्थामा स्थापना दिवसमा कुनै कार्यक्रमको आयोजना नगरिएको महासचिव केशव झाले जानकारी दिएका छन्।

उनले सामाजिक सञ्जालबाटै स्थापना दिवसको शुभकामना आदानप्रदान भएको जनाए।

२०७४ बैशाख ७ गते राजपाको गठन भएको थियो। तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध ६ वटा दल मिलेर राजपा बनेको हो।

महन्थ ठाकुर नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सदभावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) मिलेर राजपा गठन भएको थियो।

राजपा गठन भएको तीन वर्ष पुरा हुँदासमेत पार्टीको महाधिवेशन हुन सकेको छैन भने अहिले पनि अध्यक्ष मण्डलीय प्रणालीमा पार्टी सञ्चालन भइरहेको छ।

महाधिवेशन आयोजना समिति गठन भइसकेको छ। करिब ३५ जिल्लामा अधिवेशन भएको छ भने ५ वटा जिल्लामा विवाद रहेको छ। लकडाउन पछि महाधिवेशनको तयारी तीब्र हुने राजपाले जनाएको छ।

1 COMMENT

  1. कुन दुलो लुके को मधेसी दल हरु अय ले तेस्तो paati को नेपाल मा काम छैन अब ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.