हुलाकी न्यूज, रौतहट, १ कार्तिक । रौतहटको गौरमा आन्दोलनरत मधेशी मोर्चाको नाकाबन्दीका क्रममा आईतबार सञ्चारकर्मी रिले अनसनमा बसेका छन् । गौरमा नाकाबन्दीसँगै आन्दोलनकारीले रिले अनसन पनि जारी राखेका छन् । आन्दोलनमा ऐक्यबद्धता जनाउन आज सञ्चारकर्मीहरुले अनसन बसेका हुन् ।

patrakaar ko ansan

रौतहटका सञ्चारकर्मीले यसभन्दा पहिले पनि रिले अनसनमा सहभागिता जनाएका थिए ।

आन्दोलनमा समर्थन जनाउँदै पहिले पनि रौतहटका विभिन्न संघसंगठन, पेशाकर्मी, नागरिक समाज र विभिन्न दलआबद्ध नेता कार्यकर्ताहरुले रिले अनसनमा सहभागिता जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.