
सर्लाही, ६ बैशाख । सर्लाहीमा ¥यापिड डायग्नोष्टिक टेष्ट आरडीटी गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।
सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई ¥यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो । सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय बालकलाई शुक्रबार साँझ आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पुष्टि गरेका छन् ।
कोरोना पोजेटिभ देखिएका बालकको थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रजिअ जिसीले बताए । उनीसँगै क्वारेन्टाइनमा रहेका एक अर्का व्यक्तिलाई ¥यापिड टेष्ट गर्दा नेगेटिभ देखिए पनि थप परीक्षणका लागि उनलाई पनि जनकपुर पठाइएको उनले जानकारी जाए ।
कोरोना पोजेटिभ देखिएका ती बालक चैत २३ गते भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए ।
भारतबाट आएको जानकारी सुरक्षाकर्मीलाई थाहा भएपछि ती बालकलाई आफ्नो घर नपुग्दै क्वारेन्टाइनमा राखिएको थियो ।
पीसीआर टेष्टपछि मात्र यी बालक कोरोना पोजेटिभ रहे नहरेको निश्चित हुनेछ ।रासस



