
एजेन्सी, ५ वैशाख । दक्षिण कोरियामा कोराना भाइरस संक्रमणको उपचारपछि निको भएका १ सय ४१ जनामा पुनः कोरोना सक्रमण देखिएको छ ।
कोरियाको रोग रोकथाम तथा निन्त्रण केन्द्र (केसिडिसी) का उपनिर्देशक जुन वुकले मानिसहरूलाई फेरि कोरोना कसरी भयो भन्ने थाहा नभएको र अनुसन्धान गरिहेको बताएका छन् ।
तर, अधिकांश विशेषज्ञहरू कोरोना भाइरसबाट निको हुने वित्तिकै फेरि संक्रमण हुन असम्भव भएको मान्छन् । जोन हप्किङ्स विश्वविद्यालयको तथ्यांकअनुसार दक्षिण कोरियामा १० हजार ६ सय ३५ जनामा कोरोनाको संक्रमण देखिएको छ भने २३० जनाको मृत्यु भएको छ ।



