काठमाडौं । राजपा नेपालले नेपाल–भारतको सीमामा थप कडाइ गर्न माग गरेको छ । बुधवार विज्ञप्ति जारी गर्दै राजपाले छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढिरहेको कारणले खुला सिमानामा अझ निगरानी बढाउन सरकारसँग माग गरेको हो ।

सीमामा निगरानी बढाउनका लागि व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरि आवतजावतलाई कडाइका साथ रोक्नु पर्ने सुझाव पनि राजपाले दिएको छ ।

‘तराई मधेशमा देखिएका कोरोना भाइरसका संक्रमित प्रायः भारतबाट आएकाहरु हुन् । सीमा नाकाहरु सबै बन्द छन् तैपनि लुकीछिपी नेपाल–भारतका जनताहरु एक अर्काका देशमा आउजाउ गरिरहेका छन्’, राजपा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले विज्ञप्ती जारी गरि भनेका छन्,–‘त्यसैले सीमा नाकाहरु अझै कडाई गर्न पार्टीले सरकारसँग माग गर्दछ ।’

राजपा नेपालले काठमाडौंमा फसेका उपत्यका बाहिरका मानिसको बारेमा समाधान निकाल्न पनि आग्रह गरेको छ । लकडाउनको अवस्थामा पनि दिनहुँ काठमाडौबाट पैदल यात्रा गरि हजारौंको सँख्यामा सर्वसाधारण आआफ्नो गन्तव्यमा जाने गरेका छन् । त्यसले गर्दा विभिन्न ठाउँमा झडप हुनुको साथै स्थानीयमा त्रास पनि उत्पन्न भएको राजपा नेपालले विज्ञप्तिमा उल्लेख गर्दै त्यसको समाधानका लागि माग गरेको छ ।

स्वास्थ्यकर्मीहरुले अझै स्वास्थ्य सामाग्रीहरु नपाएको भन्दै सो पार्टीले गुनासो गर्दै देशको विभिन्न भूभागामा अहिले संक्रमित संख्या बढ्न थालेको र यस अवस्थामा पनि स्वास्थ्यकर्मीहरुले अझै पनि स्वास्थ्य सामग्रीहरु पाउन नसक्नु दुखद रहेको कारण सरकारले तत्काल आवश्यक सामग्रीहरु उपलब्ध गराउनु सरकारसँग माग गरेको छ ।

सरकारले वैशाख १५ गतेसम्म बढाएको लकडाउनको अवधिलाई राजपा नेपालले स्वागत गरेको छ र त्यसलाई अझ प्रभावकारी बनाउन सुझाव पनि पनि दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.