काठमाडौं । सरकारले लकलाउनको तेस्रो पटक अवधि थप गरेको छ । बैशाख १५ गतेसम्मका लागि लकडाउन लम्ब्याइएको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित बढ्दै गएपछि रोकथामका लागि सरकारले लकडाउन बैशाख १५ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन अझै कडा गर्नुका साथै सीमा क्षेत्रमा विशेष कडाई गर्ने निर्णय समेत भएको स्रोतले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्यामा १६ पुगेको छ । जसमध्ये एक जना उपचारपछि निको भएका छन् ।

यता, छिमेकी भारतले बैशाख २१ गतेसम्म लकडाउन कायम रहने निर्णय गरेको थियो ।

भारतमा २१ दिने लकडाउन सकिनै लाग्दा उनले मंगलबार बिहान विशेष सम्बोधन गर्दै ३ मे सम्म लकडाउन लम्ब्याएको घोषणा गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.