अमरेन्द्र कुमार यादव, महेन्द्रनगर १ कार्तिक । नेपालीहरुको महान चाड बडादशैं सुरु भएसँगै जिल्ला स्थित विभिन्न व्यापारीक केन्द्रहरुमा खसी, बोकाहरुको व्यापार बढेको छ । दशैंको अवसरमा हिन्दु धर्मावलम्बीहरुले अष्टमीको दिन घरमा विशेष पुजा गरि बोकाको बलि दिने र स्वेच्छिक रुपमा पनि मासुको प्रयोगका लागि यतिखेर बोकाको माग बढि हुने भएकाले व्यापार बढेको हो ।
हिजो आज जिल्लाको सखुवा बजार, सबैला बजार, यदुकोहा बजार, सतोषर बजार लगायतका व्यापारीक केन्द्रहरुमा बोका लगेर व्यापारका लागि मानिसहरु आउने गरेका छन् । अहिले प्रति बोका न्यूनतम मुल्य ३ हजार देखि १५ हजार रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् ।
बन्दले गर्दा बाहिरबाट बोका नआउँदा र पछिल्लो समय ग्रामिण क्षेत्रमा बाख्रा पाल्ने किसानहरुको संख्या घट्दै गएकाले आवश्यकता अनुसार बोका नपाईने भएपछि तुलनात्मक रुपमा केही महंगो हुने गरेको छ ।



