काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले संघीय र प्रादेशिक संसदीय विकास कोषको बाँकी रकम कोरोना विरुद्धको संघर्षमा प्रयोग गर्न माग गरेका छन् ।

महतोले आइतबार एक विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् । उनले यस विषम परिस्थितिमा संसदीय विकास कोषको रकम कोरोना विरुद्धको संघर्षमा प्रयोग गर्न माग गरेका हुन् ।

उनले अहिलेको पिडादायी र प्रलयकारी अवस्थामा संघीय र प्रादेशिक संसदीय विकास कोषको बाँकी रहेको रकमलाई सम्बन्धित संसदीय क्षेत्रमा स्थानीय तह र वडामार्फत सर्वदलीय संयन्त्र बनाई द्रूत गतिमा राहत र कोरोना विरुद्धको संघर्षमा खर्च गर्न तत्काल नियम कानुन संसोधन गरि अबिलम्ब आवश्यक व्यबस्था गर्न केन्द्रीय सरकार र प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

साथै प्रादेशिक सरकार र पालिकाहरुले मानवीय रुपमा संवेदनशील भई संक्रमण नियन्त्रण, कोरेन्टाइनको सुव्यवस्थित संचालन र राहतको कार्य दृढताका साथ गर्न महतोले आग्रह गरेका हुन् ।

आगामी आर्थिक वर्षहरुको संसदीय बजेटलाई स्वास्थ, कृषि र कोरोना विरुद्धको संघर्षमा सरकारले प्रयोग गर्ने गरि आवश्यक नीति योजना बनाउन समेत आग्रह गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीले पूरा विश्व नै स्थिर भएको छ । आजसम्म एक लाखभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने १७ लाख भन्दा बढी मानिस यस भाइरसबाट संक्रमित छन् ।

केही संक्रमितहरु उपचारत छन्, उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत महतोले गरेका छन् ।

‘यस संकटको घडीमा प्रतिपक्षमा रहेका राजनीतिक पार्टीहरु समेतले पूर्णरूपमा सरकारलाई सहयोग र समर्थन गरे पनि सरकार भित्रै समन्वयको अभाव र मानबिय सबेदनहिनता को कारणले कोरोनाको नियन्त्रण कार्य सन्तोषजनक नदेखिन र पिडित नागरिकहरुलाई राहत बितरणको कार्य सचारु रुपले संचालन हुन नसक्नु दुखद र दुर्भाग्यपूर्ण हो ।’ महतोले विज्ञप्तिमा भनेका छन् ।

सरकारले गरेको निर्णय अनुसार ज्यालादारी मजदुर, विपन्न र गरिबहरुलाई स्थानीय तह मार्फत दिने राहत र सहयोग पुर्याउने कुरा घोषणामा मात्र सिमित देखिएको उनको गुनासो छ ।

उनले विज्ञप्तिमा भनेका छन्, स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक स्वास्थ सामग्रीहरु आवश्यक मात्रामा आजको दिनसम्म पनि व्यवस्था गर्म नसक्नुले पनि यो सरकारको काम गर्ने शैली बुझ्न सकिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.