
काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्री ओलीले मोदीसँग टेलिफोन वार्ता भएको ट्वीटरमार्फत जानकारी दिएका हुन् । संवादका क्रममा कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा सहमति भएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।


यस्तै लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिइएको पनि ओलीले जानकारी दिएका छन् ।
यता, मोदीले पनि ट्वीट गर्दै आफूहरूबीच सहकार्य गरी अघि बढ्ने विषयमा कुराकानी भएको जानकारी जानकारी दिए ।



